
काठमाडौं ।
ह्वावे मेट प्याड प्रो २७ जुलाईमा सार्वजनिक हुने भएको छ। सोमबार ह्वावेले हारमोनीओएस ३ २७ जुलाईमा सार्वजनिक गर्ने घोषणा गरेको छ।
उक्त अपरेटिङ सिस्टम कुन डिभाइमा प्रयोग हुने ह्वावेले जानकारी नदिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
रिपोर्टका अनुसार उक्त डिभाइस ११ इन्चको मेट प्याड प्रो ट्याबलेट हुनेछ।
२०२२ मेट प्याड प्रो भर्सन मेट४० सिरिज जस्तै पछाडि गोलाकार क्यामरा कटआउटका साथै डिजाइन ओभरहालमा आउनेछ।
ट्याबलेटको तल्लो र माथिल्लो भागमा धातुको घुमाउरो पक्ष देख्न सकिन्छ। जसले स्पिकर ग्रिल देखाउँछ। ह्वावेको तर्फबाट मेटप्याड प्रोको फिचरको बारेमा कुनै जानकारी दिएको छैन।
प्रकाशित: ३ श्रावण २०७९, मंगलवार