ओप्पोले भारतमा भारु ४ हजार ३८९ करोड भन्सार छलेको आरोप

Technology Khabar २ श्रावण २०७९, सोमबार

काठमाडौं ।

छिमेकी देश भारतमा शाओमी, भिभो र ह्वावेपछि, अर्को चिनियाँ स्मार्टफोन कम्पनी छानबिनको दायरामा आएको छ। राजस्व गुप्तचर निर्देशनालय (डीआरआई) ले ओप्पो इन्डियाले ४ हजार ३८९ करोड भारतीय रुपैयाँको भन्सार छली गरेको पत्ता लगाएको छ।

कम्पनीले आयातको बारेमा गलत जानकारी दिएर कर छली गरेको भारतीय मिडियाहरुले जनाएका छन्।

जानाजान गलत सूचना दिएको प्रमाण फेला

भारतीय वित्त मन्त्रालयले गत बुधबार बताएअनुसार ओप्पो मोबाइल्स चीनको गुआङडोङ ओप्पो मोबाइल टेलिकम्युनिकेसन्स कर्पोरेशनको सहायक कम्पनी हो। ओप्पोले वनप्लस र रियलमी ब्रान्डका फोनहरू बिक्री गर्छ।

अनुसन्धानको क्रममा, डीआरआईले ओप्पो इन्डियाका धेरै परिसरहरु र व्यवस्थापन अधिकारीहरूको घरमा छापा मारेको थियो। यस क्रममा मोबाइल बनाउन आयातित सामानको बारेमा जानिजानि गलत जानकारी दिएको प्रमाण भेटिएको थियो।

रोयल्टी चीन पठाइयो

यसमार्फत कम्पनीले २,९८१ करोड भारुको महसुल छुटको फाइदा उठायो। ओप्पोले तिरेको रोयल्टी र लाइसेन्स शुल्कले भन्सार ऐन नियमको उल्लंघन गरेको बताईएको छ। कम्पनीले आयातित वस्तुको मूल्यमा यो रकम नजोडे उल्लेख छ। यस मार्फत कम्पनीले भारु १,४०८ करोड शुल्क छलेको छ।

यसअघि भारतीय अधिकारीहरुले भिभोको कार्यालयहरुमा समेत कर छलीमा छापा मारेका थिए। जसअनुसार भारतको प्रवर्तन निदेशालय (ईडी) द्वारा ११९ बैंक खाताहरू रोक्का गरिएका थिए।

प्रकाशित: २ श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया