ट्रेनबाट चन्द्रमा र मंगल ग्रह जाने तयारी

Technology Khabar २ श्रावण २०७९, सोमबार

काठमाडौं ।

जापानले चन्द्रमा र मंगल ग्रहमा पृथ्वी समान पर्यावरण बनाउने भएको छ। यसका साथै पृथ्वी, चन्द्रमा र मंगल ग्रह जोड्ने अन्तर ग्रहिय ट्रेन पनि सञ्चालनमा ल्याउने भएको छ।

उक्त प्रोजेक्टका लागि जापानको क्योटो यूनिभर्सिटीलको रिसचर्सले काजिमा कन्स्ट्रक्सनसँग रणनीतिक सम्झौता गरेको इन्डियाटूडेले उल्लेख गरेको छ।

टिमले जिरो र लो ग्रेभिटी वातावरणमा मानव मस्कुलोस्केलेटन सिस्टम कमजोर हुनबाट रोक्नका लागि पृथ्वीको जस्तै सुविधा भएको ‘ग्लास’ आवास संरचना विकास गर्नका लागि योजना घोषणा गरेको छ। ग्लासमा पृथ्वी समान पर्यावरण र ग्रेभिटशनल फोर्स हुनेछ। यसबाट अन्तरिक्षमा जीवन यापन गर्न सजिलो हुन्छ। यस योजना अनुसार ग्लास र अन्तर ग्रहिय ट्रेनको प्रोटोटाइप बनाउन करिब ३० वर्ष लाग्ने छ।

चन्द्रमा र मंगलमा पृथ्वी जस्तै सुविधा

क्योटो यूनिभर्सिटी र काजिमा कन्स्ट्रक्सन कम्पनी मिलेर अन्तरिक्षमा बस्न योग्य संरचना बनाउने लक्ष्य लिएको छ। उक्त कोनिकल संरचनाको नाम ‘ग्लास’ राखिएको छ। ग्लासको भित्री बनावटमा ग्रेभिटेशन, ट्रान्सपोर्ट सिस्टम, रुख विरुवा र पानीको उपलब्ध हुनेछ। पृथ्वीमा उपलब्ध सबै सुविधा अन्तरिक्षमा बनाउने लक्ष्य राखिएको छ। यस संरचनालाई चन्द्रमामा ‘लूनाग्लास’ र मंगलमा ‘मार्सग्लास’ भनिन्छ।

यो एउटा उल्टो कोन हो जसले पृथ्वीको रियल ग्रभिटेशन प्रभावको नक्कल गर्दै एउटा सेन्ट्रीफ्यूगल पुल बनाउने छ र पृथ्वी समान ग्रभिटेन उत्पन्न गर्नेछ। यस ग्लासको उचाई करिब १३०० फिट र रेडियस ३२८ फिट हुनेछ। यो शुरु हुन करिब १०० वर्ष लाग्ने छ।

चन्द्रमा र मंगलमा जान सजिलो हुने

टिमले एउटा अन्तरग्रह ट्रान्सपोर्टेशन सिस्टम बनाउने अभियानमा पनि काम गरिरहेको छ। जसलाई ‘हेक्साट्रैक’ भनिने छ। उक्त सवारीबाट लामो दूरी तय गर्न पृथ्वी सतह जस्तै ग्रेभिटी उत्पन्न गरिनेछ। कम ग्रेभिटेशनमा यात्रा गर्दा मानिसले धेरै प्रकारको समस्या झेल्नु पर्ने हुन्छ। ट्रेनमा हेक्सागोनल आकारको क्याप्सूल हुनेछ जसलाई ‘हेक्साक्याप्सूल’ भनिने छ र बीचमा एउटा मुभिङ डिभाइस पनि हुनेछ।

दुई प्रकारको क्याप्सूल बनाइने छ। एउटा पृथ्वीबाट चन्द्रमा र अर्को पृथ्वीबाट मंगलको यात्रा गर्न प्रयोग गरिनेछ। चन्द्रमाको क्याप्सूलको रेडियस १५ मिटर, मंगलको क्याप्सूलको रेडियस ३० मिटर हुनेछ। उक्त क्याप्सूलले यात्राका दौरान १जी ग्रेभिटशन राख्नेछ।

चन्द्रमा रहने रेलवे स्टेशनले गेटवे उपग्रहको उपयोग गर्नेछ जसलाई चन्द्रमा स्टेशनको रुपमा चिनिनेछ। मंगलमा रहने रेलवे स्टेशनलाई मंगल स्टेशन भनिने छ। यो मंगल ग्रहको उपग्रह फोबोसमा राखिने छ। मानव अन्तरिक्ष विज्ञान केन्द्रका अनुसार पृथ्वी स्टेशनलाई टेरा स्टेशन भनिने छ।

प्रकाशित: २ श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया