बागमती प्रदेशमा सरकारी सेवाका लागि सूचना प्रविधिको प्रयोगमा चुनौती

  • Technology Khabar | २ श्रावण २०७९, सोमबार
बागमती प्रदेशमा सरकारी सेवाका लागि सूचना प्रविधिको प्रयोगमा चुनौती

काठमाडौं ।

बागमती प्रदेशमा सरकारी सेवाहरुका लागि सूचना प्रविधिको प्रयोगमा चुनौती देखिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सातै प्रदेशको अर्ध वार्षिक एकीकृत समिक्षा प्रतिवेदनले बागमती प्रदेशको सेवा क्षेत्रमा सूचना प्रविधिको प्रयोगमा चुनौती रहेको औंल्याएको हो।

प्रतिवेदनकाअनुसार यातायात, मालपोत, राहदानी विभाग लगायत सेवाग्राहीको चाप बढी रहने कार्यालयहरुमा इन्टरनेट, सफ्टवेयर, कम्प्युटर तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी छिटो छरितो सेवा प्रवाह गर्नु प्रदेशगत चुनौतीहरु रहेका छन्।

त्यसैगरी पर्यटकीय क्षेत्र समेटिएको डिजिटल नक्सा, द्रूत उद्धार टिम, पर्यटकीय स्थलहरुमा इन्टरनेटको पहुँच तथा २४ सै घण्टा सम्पर्क गर्न सकिने हटलाइन नम्बरको व्यवस्था गरी पर्यटकहरुलाई थप सुरक्षा तथा सुविधा प्रदान गर्न समेत चुनौती भएको उल्लेख छ।

त्यस्तै लुम्बिनी प्रदेशको सबै जिल्लाहरुमा सन्तुलितरुपमा बैकिड सेवा एवं डिजिटल बैंकिङ प्रविधिहरु प्रयोग तथा विकास गर्न चुनौती भएको प्रतिवेदनमा लेखिएको छ।

केन्द्रीय बैंककाअनुसार सञ्चार माध्यम, इन्टरनेट, मोबाइल लगायतमा युवाहरुको आकर्षण र पहुँच राम्रो रहेकोले एप्लिकेसन डेभलपमेन्ट, ई–लर्निङ, ई–कन्सल्टेन्सी, ई–लाइब्रेरी लगायतका प्रविधिमैत्री सेवाको विस्तार हुने सम्भावना रहेको देखिन्छ।

प्रकाशित: २ श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार