सगरमाथाकाे तिब्बती क्षेत्रतर्फको बेसक्याम्पमा पुग्यो टेस्ला ईभी

  • Technology Khabar | १ श्रावण २०७९, आईतवार
सगरमाथाकाे तिब्बती क्षेत्रतर्फको बेसक्याम्पमा पुग्यो टेस्ला ईभी

काठमाडौं ।

टेस्ला चाइनाले माउन्ट चोमोलोङ्गमा अर्थात सगरमाथाकाे तिब्बती क्षेत्रतर्फ बेसक्याम्पसम्म आफ्नो ईभी पुर्याएको छ। हालै टेस्ला चाइनाले माउन्ट एभरेष्ट भनेर समेत चिनिने सगरमाथाको आधारसम्म चीनमा निर्मित टेस्ला गाडीमा यात्रा गरेको भिडियो साझा गरेको छ।

ट्रेन्सेन चोङ्गक्विङ्ग नामक चाइना ब्रिज डिजाइनर ट्राभल भ्गगरले यो अविश्वसनीय यात्रालाई सफलतापूर्वक पूरा गर्न सक्षम भएको टेस्लाराटीले जनाएको छ।

चोमोलोङ्मा राष्ट्रिय नेचर रिजर्भ तिब्बत, चीनमा अवस्थित छ र सगरमाथाको चिनियाँ/तिब्बती दुवै पक्षलाई समेट्छ।

टेस्ला सगरमाथाको तिब्बती बेस क्याम्पमा पुर्याउने चोङकिङले भने “हामी केवल विद्युतीय कारहरू यहाँ आउन सक्छन् भनेर देखाउन चाहन्छौं।”

टेस्लाको टू माउन्ट चोमोलोङ्मा शीर्षकको भिडियोमा ट्रेन्सेन चोङकिङले छोटो भिडियोमा आफ्नो साहसिक कार्य साझा गरेका छन्। टेस्ला ३१८ सुपरचार्जिङ रुट भर्खरै सम्पन्न भएको थियो जसले उनलाई रोमाञ्चित बनाएको बताईएको छ।

प्रकाशित: १ श्रावण २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार