सातदोबाटोस्थित पौडी पोखरीमा ई–टिकटको सुरुवात

  • Technology Khabar | १ श्रावण २०७९, आईतवार
सातदोबाटोस्थित पौडी पोखरीमा ई–टिकटको सुरुवात

काठमाडौं ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरीमा ई–टिकटको सुरुवात गरिएको छ।

विगतको झन्झटिलो टिकट प्रणालीलाई विस्थापन गर्दै रेकर्ड प्रणालीलाई चुस्त दुरुत र सरल बनाउन आइतबारदेखि ई–टिकटको सुरुवात गरिएको हो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले ई–टिकटको प्रणालीको शुभारम्भ गरे। अब अनलाइन टिकटको पनि चाँडै सुरुवात गर्ने परिसर प्रमुख देवराज कट्वालले जानकारी दिए।

ग्रिन टेक कन्सर्न प्रालिले यस प्रविधिको व्यवस्थापन गरेको छ।

पौडी पोखरीमा कार्यरत सुरत खत्रीका अनुसार विगतमा छपाईं टिकटमा काम गर्दा धेरै असहज र झन्झट हुन्थ्यो । “यो प्रविधिमा काम गर्दा धेरै सहज भएको छ। अनलाइन टिकट सुरु भएपछि काउन्टरमा भिड पनि कम हुन्छ।काम गर्न सहज हुनेछ।” उनले भने।

प्रकाशित: १ श्रावण २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार