राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकमा पौडेल नियुक्त

  • Technology Khabar | १ श्रावण २०७९, आईतवार
राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकमा पौडेल नियुक्त

काठमाडौं ।

राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) को कार्यकारी निर्देशकमा प्रदीप शर्मा पौडेल नियुक्त भएका छन्। गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पर्वतका पौडेललाई एनआईटीसीको कार्यकारी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधि ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रिपरिषद्को निर्णय बारे जानकारी दिन आज आयोजित नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन्।

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत जेठ १३ गते सार्वजनिक सूचना जारी गर्दै रिक्त रहेको पदमा दरखास्त माग गरेको थियो ।

एनआईटीसीको कार्यकारी निर्देशक बन्नका लागि पौडेलसहित १२ जनाले आवेदन दिएका थिए।

आवेदन आएका मध्येबाट मन्त्रालयका सचिवको अध्यक्षतामा रहेको छनोट कमिटीले ३ जनाको नाम सूचिकृतगरी मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । तीमध्ये सरकारले पर्वतका पौडेललाई नयाँ कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका कार्यकारी निर्देशक सुनिल पौडेललाई सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्त गरेपछि उनले सो पदबाट राजीनामा दिएका थिए। उनको राजीनामासँगै एनआईटीसी कार्यकारी निर्देशक बिहिन रहेको थियो।

प्रकाशित: १ श्रावण २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • १ श्रावण २०७९, आईतवार