
काठमाडौं ।
शाओमीको पहिलो इलेक्ट्रिक कारको प्रोटोटाइप अगष्टमा सार्वजनिक गरिने भएको छ। शाओमीका संस्थापक लेई जुनले कम्पनीको पहिलो इलेक्ट्रिक कारको प्रोटोटाइप यही वर्षको अगष्टमा सार्वजनिक गर्ने बताएको गिजचाइनाले उल्लेख गरेको छ।
शाओमीको सेल्फ ड्राइभिङ इलेक्ट्रिक कार बजारमा आउने भएको छ। स्मार्टफोन, होमअप्लायन्स लगायत उपकरणमा प्रभुत्व जमाएसँगै सवारीको क्षेत्रमा पनि शाओमीले हात हाल्न लागेको हो।
कम्पनीले सन् २०२४ को पहिलो क्वाटरमा विद्युतीय सवारीको मास उत्पादन गर्ने घोषणा गरिसकेको छ।
गिज्मोचाइनाका अनुसार शाओमीको कार पूर्ण फिचर युक्त सेल्फ ड्राइभिङ कार हुनेछ। जसको सिँधा प्रतिस्पर्धा टेस्ला लगयात अन्य इभीसँग हुनेछ।
पातलो डिजाइनमा देखिएको कारको रुफमा लाइडर सेन्सर जडान गरिएको छ। यो कारको परीक्षण डिजाइन भएकाले अन्तिम डिजाइन भने परिवर्तन भएर आउन सक्छ।
शाओमीले अन्य ब्राण्डको कारमा लाइडर सेन्सर र सेन्फ ड्राइभिङ प्रविधिको परीक्षण गरेको हुन सक्ने पनि गिज्मोचाइनाले उल्लेख गरेको छ।
शाओमीको सवारी सम्भवत स्वचालित हुनेछ। लाइडर सेन्सर सेल्फ ड्राइभिङ कारका लागि महत्वपूर्ण कम्पोनेट हो। लाइडरले सवारीको कम्प्युटर र ड्राइभिङ निर्णय गर्न मेकानिकल प्रणालीको लागि थ्रीड भिजिन प्रदान गर्छ।
शाओमी कार उत्पादनका लागि गम्भीर रहेको छ। यस वर्षको शुरुवातमा कम्पनीले अगामी १० वर्षमा १।५ बिलियन अमेरिकी डलर लगानी गर्ने योजनाको बारेमा जानकारी दिएको थियो।
शाओमीका सीईओ लेई जुन नयाँ स्मार्ट इलेक्ट्रिक सवारीको सीईओका रुपमा काम गर्नेछन्।
प्रकाशित: १ श्रावण २०७९, आईतवार