नथिङ फोन १ मा समस्या

  • Technology Khabar | ३२ असार २०७९, शनिबार
नथिङ फोन १ मा समस्या

काठमाडौं ।

वानप्लसका सह संस्थापक कार्ल पेइको नयाँ टेक कम्पनी नथिङको पहिलो स्मार्टफोन केही दिन अघि सार्वजनिक भएको छ। नथिङ फोन १ बजारमा आउनु अघि यसको फिचर र डिजाइनको धेरै चर्चा भएको थियो। सार्वजनिक भएपछि पनि फोनको चर्चा रोकिएको छैन।

नथिङ फोनको विषयमा एक ट्वीटर प्रयोगकर्ताले गुनासो गरेका छन्। नथिङ फोन १ मा वाटर रेसिस्टेन्टका लागि आईपी५३ रेटिङ दिए पनि फोनको क्यामारामा मोस्चर आएको छ। यूजरले उक्त ट्वीटमा मद्दत माग्दै कम्पनीका सीईओ कार्ल पेइलाई पनि ट्याग गरेका थिए। प्रयोगकर्ताको गुनासोसँग नथिङले नयाँ फोन पठाउने बताएको अमर उजालाले उल्लेख गरेको छ।

नथिङ फोन १ को स्पेसिफिकेसनको कुरा गर्दा यसमा रहेको ६.५५ इन्चको ओएलईडी डिस्प्लेले १०८०ह२४०० पिक्सेल रेजोल्युसन सपोर्ट गर्छ।

फोन फ्ल्याट प्यानल डिस्प्लेका साथ उपलब्ध हुनेछ। फोनको मुख्य क्यामरा ५० मेगापिक्सेल र सेल्फी क्यामरा १६ मेगापिक्सेलको छ।

४५०० एमएएच ब्याट्रीले ४५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। फोनमा क्वालकम स्न्यापड्रागन ७७८जी प्लस चिपसेट प्रयोग गरिएको छ। फोनमा एन्ड्रोइड १२ मा आधारित नथिङ ओएसबाट सञ्चालित छ।

प्रकाशित: ३२ असार २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार