
काठमाडौं ।
ईकमर्स जायन्ट अमेजन डटकमले यो वर्ष बेलायतमा ४ हजार कर्मचारी भर्ना गर्ने भएको छ।
ती कर्मचारीहरु वेकफिल्ड र नोज्लीमा रहेका फुलफिलमेन्ट सेन्टरलगायतका लागि हुने रोयटर्सले उल्लेख गरेको छ।
उक्त सङ्ख्यामा कर्मचारी भर्ति गरेपछि कम्पनीको समग्र स्थायी कामदार सङ्ख्या ७५ हजार पुग्ने र यसले कम्पनीलाई देशकै उत्कृष्ट १० निजी क्षेत्रको रोजगारीदाता बनाउने पनि बताइएको छ।
गत जुलाई १२ र १३ मा आफ्नो हालसम्मकै सबैभन्दा ठूलो प्राइम डे ग्लोबल शपिङ इभेन्ट गरेको कम्पनीले आफ्नो बेलायतमा रहेका कार्यलयमा यो वर्षको पूर्वार्द्धमा भर्ति गरिएकामध्ये ५६ प्रतिशत कामदार यसअघि बेरोजगार रहेका र उनीहरुलाई सोझै शैक्षिक संस्थाबाट नै नियुक्त गरिएको बताएको छ।
प्रकाशित: ३२ असार २०७९, शनिबार