गुगल प्लेस्टोरमा मालवेयर, लाखौं स्मार्टफोन प्रभावित

  • Technology Khabar | ३१ असार २०७९, शुक्रबार
गुगल प्लेस्टोरमा मालवेयर, लाखौं स्मार्टफोन प्रभावित

काठमाडौं ।

गुगल प्लेस्टोरमा हाल एउटा नयाँ मालवेयर भेटिएको छ।

यसको नाम ‘अटोलाइकोस’ राखिएको छ भने यो मालवेयर गुगल प्ले स्टोरका ८ ओटा एपमा भेटिएको भास्कर डटकमले उल्लेख गरेको छ।

यीमध्ये ६ ओटा एपमाथि भने एक्शन लिइसकिएको गुगलले जनाएको छ। तर २ ओटा मालवेयर एप अझै सक्रिय रहेको बताइएको छ।

एउटा अनुसन्धानका अनुसार यी ८ ओटा एपहरु ३० लाख पटकभन्दा बढी डाउन गरिसकिएको भास्करले जनाएको छ। यसको अर्थ ३० लाखभन्दा बढी स्मार्टफोनमा अटोलाइकोस मालवेयर रहेको बुझ्न सकिन्छ।

के हो मालवेयर?

कुनै सिस्टममा गडबडी ल्याउन, त्यसलाई नोक्सानी पुर्याउन वा गैरकानूनी तरिकाबाट पहुँच पुर्याउनका लागि मालवेयर डिजाइन गरिएको हुन्छ। अटोलाइकोसले पनि यस्तै तरिकाले काम गर्छ।

अनुसन्धानमा अटोलाइकोसबाट बैंक खाताबाट रकम चोर्नेजस्ता ठूला घटना हुनसक्ने उल्लेख छ।

प्रकाशित: ३१ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार