
काठमाडौं ।
बेलायतको फास्ट चार्जिङ ब्याट्री स्टार्टअप न्योबोल्टले ५ करोड ९० लाख डलर संकलन गरेको छ।
कम्पनीले बेलायतमा २०२३ मा ब्याट्री कम्पनी स्थापनाका लागि शुक्रबार सिरिज बी फण्डिङ अन्तर्गत उक्त रकम संकलन गरेको बताएको छ।
उक्त फण्डिङ राउण्ड एच सी स्टार्क, टङ्स्टन पाउडर्स तथा मसान हाइ टेक मेटेरियल्सको नेतृत्वमा भएको थियो।
रणनीतिक साझेदारीमार्फत् एच सी स्टार्कले न्योबोल्टलाई उत्पादन बढाउन तथा ब्याट्री रिसाइकल कार्यक्रमका लागि सघाउनेछ।
न्योबोल्टले नियोबियम तथा टङ्स्टनको प्रयोग गरेर ब्याट्री एनोड निर्माण गर्दै आएको छ जसले विद्युतीय सवारी केही मिनेटमै चार्ज हुन सहयोग गर्छ।
क्याम्ब्रिजमा रहेको न्योबोल्टले हाल उच्च पर्फर्मेन्सयुक्त रेसिङ ईभीमा जोड दिँदै आएको भए पनि अब बन्ने ब्याट्री केहीसमयपछि सबैखाले ईभीका लागि उपलब्ध हुने बताएको रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: ३१ असार २०७९, शुक्रबार