फेसबुकको एक एकाउन्टबाट ५ प्रोफाइल बनाउन सकिने

  • Technology Khabar | ३१ असार २०७९, शुक्रबार
फेसबुकको एक एकाउन्टबाट ५ प्रोफाइल बनाउन सकिने

काठमाडौं ।

मेटाले फेसबुक प्रयोगकर्तालाई नयाँ सुविधा उपलब्ध गराउने भएको छ। फेसबुक एकाउन्टबाट अधिकतम ५ प्रोफाइल बनाउन सकिने भएको छ।

कम्पनीले आफ्नो प्लेटफर्ममा प्रयोगकर्ताको इंगेजमेन्ट बढाउनका लागि नयाँ फिचर ल्याउन लागेको हो।

फेसबुको नयाँ फिचर टेस्टिङको क्रममा रहेको एसियावानले उल्लेख गरेको छ।

रिपोर्टका अनुसार टेस्टिङको क्रममा रहेको बीटा प्रयोगकर्ताले आफ्नो एक एकाउन्टमा ५ प्रोफाइल बनाउने सुविधा प्राप्त गर्नेछन्। अतिरिक्त प्रोफाइलमा आफ्नो असली नाम उल्लेख गर्न आवश्यक छैन।

यदि यो फिचर प्रयोगमा आएमा प्रयोगकर्ताले आफ्नो पहिचान लुकाएर पोस्ट तथा कमेन्ट गर्छ सक्छन्। अतिरिक्त प्रोफाइललेपनि फेसबुकको नीति पालना गर्नु पर्ने मेटाले बताएको छ।

यदि प्रयोकर्ताले अतिरिक्त प्रोफाइलबाट फेसबुको नीति उल्लंघन गरेको खण्डमो मुख्य एकाउन्ट पनि प्रभावित हुनेछ।

प्रकाशित: ३१ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...