
काठमाडौं ।
बागलुङ जिल्लाका अधिकांश स्थानीय तहले विद्युतीय भुक्तानी सेवा प्रयोगमा ल्याएका छन् ।
चालु आर्थिक वर्षको अन्तिम महिनादेखि स्थानीय तहबाट सम्पादन हुने कामको भुक्तानी ‘इ–पेमेन्ट सेवा’ बाट हुन थालेको छ।
स्थानीय तहको लेखा प्रणालीलाई पारदर्शी, जफावदेही र छिटो छरितो बनाउन बनाउन इ–पेमेन्ट सेवा सञ्चालनमा ल्याएको हो । ताराखोला, बरेङ, बडिगाड, काठे खोला, गलकोट, जैमिनी र बागलुङ नगर पालिकाले ‘पाइलट प्रोजेक्ट’ का रूपमा ‘इ–पेमेन्ट सेवा’ सुरुवात गरेका हुन् ।
यो सेवा सुरु भएसँगै सेवाग्राहीलाई चेकका लागि घन्टौँ लाइनमा बस्नुपर्ने अवस्था अन्त्य भएको छ। गोरखापत्रबाट
प्रकाशित: ३१ असार २०७९, शुक्रबार