सातै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरिने

  • Technology Khabar | ३१ असार २०७९, शुक्रबार
सातै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरिने

काठमाडौं ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले सात ओटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरेको छ।

जसअनुसार प्रदेश १ को विराटनगर, मधेश प्रदेशको बर्दिवास, बागमतीको रामपुर चितवन, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूर पश्चिम प्रदेशको महेन्द्रनगर केन्द्र स्थापना हुने भएका छन् ।

नास्टको बिहीबार सम्पन्न ४५औँ प्राज्ञ सभाले उक्त निर्णय गरेको हो।

सभामा नेपाल सरकारबाट आर्थिक वर्ष २०७९/८० का लागि छुटिएको २० लाख बजेट पुर्याउने र थप बजेटका लागि सरकारसँग पहल गर्ने निर्णय समेत भएको छ। सभाले प्रदेश स्तरीय अनुसन्धान केन्द्र स्थापना एवम् सञ्चालनका लागि केन्द्रीय र व्यवस्थापन समिति गठन गरेको छ।

त्यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले परिणाम देखिने गरी काम गर्न नास्टका पदाधिकारीलाई आग्रह गरे।

 

प्रकाशित: ३१ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...