
काठमाडौं ।
टेक जायन्ट गुगलले नयाँ कर्मचारीहरुको भर्नालाई सुस्त बनाउने बताएको छ।
अनिश्चित आर्थिक वातावरण र २०२२ को पहिलो छ महिना नयाँ भर्तीमा उल्लेखनीय प्रगति भइसकेकोले यस वर्षको बाँकी समय र २०२३ सम्ममा भर्तीको गतिलाई सुस्त बनाउने योजना रहेको गुगलले कर्मचारीहरूलाई बताएको छ।
धेरै मिडिया आउटलेटहरूमा लिङ्क गरिएको आन्तरिक मेमो अनुसार गुगलका सीईओ सुन्दर पिचाईले हालै यो घोषणा गरेका हुन्।
पछिल्लो दिनमा अन्य टेक कम्पनीहरुले समेत नयाँ कर्मचारी भर्ना रोक्ने बताएका छन् भने केहिले पुराना कर्मचारीहरुलाई हटाउँदै आएका छन्।
प्रकाशित: ३१ असार २०७९, शुक्रबार