आईटेल रोअर ६० वायरलेस नेकब्याड सार्वजनिक

  • Technology Khabar | ३१ असार २०७९, शुक्रबार
आईटेल रोअर ६० वायरलेस नेकब्याड सार्वजनिक

काठमाडौं ।

आईटेलले भारतीय बजारमा नयाँ वायरलेस नेकब्याड आईटेल रोअर६० सार्वजनिक गरेको छ। आईटेल रोअर ६० ब्लूटूथ नेकब्याड हो जसले एफएम रेडियो पनि सपोर्ट गर्छ। आईटेल रोअर६० को मूल्य ९९९ भारु तोकिएको छ।

आईटेल रोअर६० ले मेमोरी कार्ड पनि सपोर्ट गर्छ। कम्पनीले वायरलेस नेकब्याडलाई आकर्षक, स्टाइलिस र ट्रेन्डी डिजाइनमा उपलब्ध गराएको छ। यस नेकब्याड ल्यापटप, एन्ड्रोइड र आईओएसलगायत सबै डिभाइसमा प्रयोग गर्न सकिन्छ।

आईटेल रोअर६० ले एमपीथ्री प्लेब्याकमा २१ घण्टा, एफएम रेडियोमा सात घण्टा र ब्लूटूथमा १५ घण्टाको ब्याकअप भएको कम्पनीको दावी छ।

आईटेल रोअर६० मा १० एमएमको बास बूस्ट ड्राइभर र डिजाइन इन ईयर दिइएको छ। वाटर रेसिस्टेन्टका लागि नेकब्याडले आईपीएक्स५ रेटिङ प्राप्त गरेको छ।

आईटेल रोअर६० डार्क ब्लू कलरमा किन्न सकिने फोनएरिनाले उल्लेख गरेको छ।
यसमा एक वर्षको वारेन्टी दिइएको छ।

प्रकाशित: ३१ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार