
काठमाडौं ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र राष्ट्रिय स्तरको “ख” वर्गको इजाजतपत्र प्राप्त मुक्तिनाथ विकास बैंक लिमिटेडवीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता सम्पन्न भएको छ।
स्मार्टच्वाइस टेक्नोलोजिजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले सो सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरे।
प्रकाशित: ३० असार २०७९, बिहीबार