
काठमाडौं ।
ओला इलेक्ट्रिकले भारतको पहिलो स्थानीय रुपमा डेभलप गरिएको लिथियम आयन ब्याट्री सार्वजनिक गरेको छ।
यो ब्याट्री सन् २०२३ सम्ममा बृहत् उत्पादनमा जान सक्ने बताइएको छ। यसले एलजी इनर्जी सोलुशन्समा भइरहेको ओला इलेक्ट्रिकको निर्भरतालाई केही घटाउने आकलन गरिएको छ।
ओला इलेक्ट्रिकका सीईओ तथा संस्थापक भबिश अग्रवालले कम्पनीले आफैंले डेभलप गरेको पहिलो लिथियम आयन ब्याट्री २१७० ट्विटरमा एउटा भिडियो क्लिप राखेका छन्।
यो ब्याट्रीको क्याथोड साइडमा एनएमसी र एनोड साइडमा ग्राफाइट र सिलिकन प्रयोग गरिने बताइएको छ।
यसैबिच मिन्टको रिपोर्ट अनुसार ओला इलेक्ट्रिकको अप्रिल र मे महिनाको समग्र आम्दानी ६ करोड २६ लाख ५० हजार डलर भएको र यो आँकडाले सन् २०२२ को अन्त्यसम्म १ अर्ब डलर नाघ्ने आकलन गरिएको छ।
यसैगरी इकोनोमिक टाइम्स तथा बिजनेस स्ट्याण्डर्डको रिपोर्टमा ओला इलेक्ट्रिकले लिथियम आयन ब्याट्री सेलको अनुसन्धान तथा विकासमा १० करोड डलर लगानी गरेको छ।
कम्पनीले आरएण्डडीका लागि २ सयभन्दा बढी अनुसन्धाताहरु भर्ती गरेको र आगामी केही वर्षमा ५ सयभन्दा बढी विद्यावारिधी गरेका शोधकर्ताहरुको टोली बनाउने योजना तय गरेको डिजिटाइम्सले जनाएको छ।
प्रकाशित: ३० असार २०७९, बिहीबार