क्याननले ल्यायो पोर्टेबल फोटो प्रिन्टर, २३ सेकेन्डमा फोटो प्रिन्ट हुने

  • Technology Khabar | २९ असार २०७९, बुधबार
क्याननले ल्यायो पोर्टेबल फोटो प्रिन्टर, २३ सेकेन्डमा फोटो प्रिन्ट हुने

काठमाडौं ।

क्यानन कम्पनीले २३ सेकेण्डमा फोटो प्रिन्ट गर्न सक्ने पोर्टेबल फोटो प्रिन्टर बजारमा ल्याएको छ।

क्यानन सेल्फी सीपी १५०० नामक उक्त प्रिन्टरबाट प्रिन्ट गरिएका फोटोहरूमा छुँदा दाग नलाग्ने र पानीले पनि नबिगार्ने अमरउजालाले जानएको छ।

यो क्यानन प्रिन्टर मोबाइलमा सजिलै जोड्न सकिने कम्पनीले जनाएको छ।

उत्कृष्टताका लागि सम्पादन सुविधा पनि रहेको प्रिन्टरले श्याम/श्वेत फोटो छाप्ने सुविधा पनि प्रदान गर्दछ।

बजारमा धेरै किसिमका प्रिन्टर भए पनि यसले ठूला साइजको प्रिन्ट गर्न सक्नुका साथै यसको मूल्य ११ हजार ९ सय ९९ भारु मात्र पर्ने र आगामी सेप्टेम्बरमा सर्वसाधारणका लागि खरिदका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २९ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार