सामाजिक सञ्जालमा श्रीमानबाटै चरित्रहत्या !

  • Technology Khabar | २८ असार २०७९, मंगलवार
सामाजिक सञ्जालमा श्रीमानबाटै चरित्रहत्या !
सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।

काठमाडौं ।

श्रीमतीको तस्बीर सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

वैदेशिक रोजगारीको सिलसिलामा ओमनमा रहेकी श्रीमतीको नक्कली फेसबुक बनाई फोटोसहित अश्लिल क्याप्सन सार्वजनिक गरी चरित्रहत्या गर्ने रुपन्देहीको सैनामैना नगरपालिका बस्ने ३६ वर्षका जिवन दमाईंलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीको साइबर ब्यूरोकाअनुसार अदालतबाट म्याद लिएर उनीमाथि अनुसन्धान जारी रहेको जनाएको छ। यस्तै ब्यूरोले सामाजिक सञ्जालमा चार नाबालिकाको तस्बीर प्रयोग गरी नक्कली फेसबुक खोलेर अश्लिल शब्द प्रयोग गरी पीडितको आफन्त तथा साथीभाइलाई पठाएर चरित्र हत्या गर्ने अर्का व्यक्ति पनि पक्राउ गरेको जनाएको छ।

यसरी चरित्रहत्या गर्नेमा सिन्धुली जिल्लाको रातोगुराँसे घर भई काठमाडौँको कीर्तिपुर बस्ने विकास भन्ने राजेश विक रहेका छन्।

दुवैमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द्र अर्यालले जानकारी दिएका छन्। उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...