मोबाइल सेवाको गुणस्तर सर्वेक्षणका लागि इन्टिग्रेटेड प्लेटफर्म सुरु, यसरी गर्नुस् प्रयोग

  • Technology Khabar | २७ असार २०७९, सोमबार
मोबाइल सेवाको गुणस्तर सर्वेक्षणका लागि इन्टिग्रेटेड प्लेटफर्म सुरु, यसरी गर्नुस् प्रयोग

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर अनुभुति मापन गर्नका लागि  प्रविधि मैत्री इन्टिग्रेटेड प्लेटफर्म सुचारु गरेको छ।

यस इन्टिग्रेटेड प्लेटफर्ममा मोबाइल सेवाका ग्राहकहरुले मोबाइल एप, वेब एप, यूएसएसडी, आईभीआर जस्ता विभिन्न माध्यमबाट गुणस्तर सर्वेक्षणमा सहभागी हुने व्यवस्था गरिएको छ।

गुणस्तर सर्वेक्षणमा प्राप्त रेस्पोन्सहरुलाई इन्टिग्रेटेड प्लेटफर्म विश्लेषण गरी प्रतिवेदन तयार गर्ने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।

सो प्लेटफर्ममा भएका विशेषताहरु यस्ता छन्-

१. मोबाइल एप्लिकेसन

मोबाइल सेवाको गुणस्तर सर्वेक्षणको लागि निर्माण भएको ‘एनटीए क्यूओई सर्भे (NTA QoE Survey)’ नामक मोबाइल एप प्लेस्टोरमा उपलब्ध रहेको छ। उपरोक्त एप डाउनलोड गरी एपमा रजिस्ट्रेशन प्रकृया पुर्याई मोबाइल सेवा प्रदायकको भ्वाइस तथा डाटा सेवाको गुणस्तर, शुल्क तथा समग्र अनुभूतिका सम्बन्धमा सर्वेक्षणमा सहभागी हुन सकिने छ।

२. वेब एप्लिकेसन

मोबाइल सेवाको गुणस्तर सर्वेक्षणको लागि निर्माण भएको वेब एप्लिकेसन https://qoe.nta.gov.np मा उपलब्ध रहेको छ। उपरोक्त वेब एपमा मोबाइल सेवा प्रदायकको भ्वाइस तथा डाटा सेवाको गुणस्तर, शुल्क तथा समग्र अनुभूतिका सम्बन्धमा सर्वेक्षणमा सहभागी हुन सकिने छ।

३. यूएसएसडी बेस्ड सिस्टम

मोबाइल फोनमा *३४५६७# डायल गरी यूएसएसडीमार्फत मोबाइल सेवा प्रदायकको भ्वाइस तथा डाटा सेवाको गुणस्तर, शुल्क तथा समग्र अनुभूतिका सम्बन्धमा सर्वेक्षणमा सहभागी हुन सकिने छ।

४. आईभीआर बेस्ड सिस्टम

मोबाइल फोनमा ३४५६७ डायल गरी सोधिएका प्रश्नहरु सुनी सेवग्राहीहरुले आफ्नो अनुभुति सम्बन्धमा डायल प्याडमा प्रतिकृया जनाई मोबाइल सेवाको गुणस्तर, शुल्क तथा समग्र अनुभूतिका सम्बन्धमा सर्वेक्षणमा सहभागी हुन सकिने छ।

प्रकाशित: २७ असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...