
काठमाडौं ।
सामसङले थ्रीएनएम चिप सिमित मात्रमा उत्पादन गर्ने भएको छ। गत वर्ष सामसङले थ्रीएनएम चिपको ठूलो परिमाणमा उत्पादन शुरु गरेको घोषणा गरेको थियो।
गिजचाइनाका अनुसार सामसङले थ्रीएनएम चिपको उत्पादन थोरै परिमाणमा गर्ने भएको छ।
निक्केइ एसियन रिभ्युका अनुसार सामसङले थ्रीएनएम चिप ह्वासेओङ प्लान्टबाट उत्पादन गर्नेछ। थ्रीएनएम चिपको उत्पादन ठूलो परिमाणमा भने हुने छैन।
उच्च कोटीको थ्रीएनएम चिपको मागको आधारमा सामसङले उत्पादन क्षमतामा परिवर्तन गर्नेछ।
हाल विधमान बजारमा थ्रीएनएम चिपको माग उच्च नभएकाले सामसङले ठूलो परिमाणमा उत्पादन नगर्ने निर्णय लिएको हो। माग बढ्दै गएको खण्डमा भने कम्पनीले उत्पादन क्षमता बढाउँदै लग्नेछ।
प्रकाशित: २७ असार २०७९, सोमबार