
काठमाडौं ।
सुनसरीको इनरुवामा नेपाल टेलिकमको एक्सचेन्ज कपर नेटवर्कबाट फाइबर (एफटीटीएच) नेटवर्कमा स्तरोन्नति भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो प्रणालीको उद्घाटन गरे।
उनले सो अवसरमा अहिलेको युग सूचना र प्रविधिको युग भएको बताए ।उनले इनरुवा–६, ८ र १० मा तथा भोक्राहा नरसिंह गाउँपालिका–१ मा नेटवर्क समस्या समाधानसहित दूरसञ्चार सेवा विस्तार भएको बताए।
सो अवसरमा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले एक्सेन्ज कपर नेटवर्कबाट आएको फाइबर (एफटीटीएच) नेटवर्कलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। एफटीटीएचमार्फत उच्च गतिको डाटा सेवा, भ्वाइस सेवा तथा टेलिभिजन सेवा गरी एकै फाइबर तारबाट तीनओटा गुणस्तरीय सेवा प्रवाह भएको जानकारी उनले दिए।
प्रकाशित: २६ असार २०७९, आईतवार