टेस्ला सांघाईको पहिलो अर्धवार्षिक डेलिभरी २०२१ को तुलनामा ६० प्रतिशत भन्दा बढी

  • Technology Khabar | २६ असार २०७९, आईतवार
टेस्ला सांघाईको पहिलो अर्धवार्षिक डेलिभरी २०२१ को तुलनामा ६० प्रतिशत भन्दा बढी

काठमाडौं ।

इलेक्ट्रिक भेहिकल कम्पनी टेस्लाको सांघाई कारखानाले २०२२ को पहिलो ६ महिनामा लगभग ३ लाख सवारी साधनहरू डेलिभरी गरेको छ।

यो संख्या गत वर्षको कुल डेलिभरीको ६० प्रतिशत भन्दा बढी भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

टेस्ला सांघाई गिगाफ्याक्ट्रीले जुन महिनामा ७७,९३८ सवारी साधन पुर्याएको छ र टेस्ला चीनका अनुसार वर्षको तुलनामा १७७ प्रतिशतले बढेको छ।

सन् २०२२ को पहिलो अर्धवार्षिकमा प्लान्टले बनाएका करिब १ लाख कार विदेशमा निर्यात भएका थिए।

रिपोर्टकाअनुसार कारखानाको अटो पार्ट्सको स्थानीयकरण दर ९० प्रतिशतभन्दा बढी छ।

प्रकाशित: २६ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...