सामसङ इलेक्ट्रो मेकानिक्स टेस्लासँग क्यामरा मोड्युल आपूर्ति गर्न छलफलमा

  • Technology Khabar | २५ असार २०७९, शनिबार
सामसङ इलेक्ट्रो मेकानिक्स टेस्लासँग क्यामरा मोड्युल आपूर्ति गर्न छलफलमा

काठमाडौं ।

सामसङ इलेक्ट्रो मेकानिक्सले टेस्ला इंकसँग सम्भावित रूपमा क्यामरा मोड्युलहरू आपूर्ति गर्न वार्तामा भएको शुक्रबार बताएको छ।

तर यसले यस समयमा सम्झौताको आकार वा रकम बारेमा कुनै जानकारी प्रकट गरेको छैन्।

‘सामसङ इलेक्ट्रो-मेकानिक्सले यसको क्यामरा मोड्युलहरू अगाडि बढाउन र विविधीकरण गर्न काम जारी राख्नेछ,’ यसले नियामक फाइलिङमा भनेको रोयटर्सले उल्लेख गरेको छ।

यसअघि नै टेस्लाले आफ्नो सेल्फ-ड्राइभिङ सेन्सर सुइटका लागि नयाँ क्यामराहरू प्राप्त गर्न सामसङसँग अर्बौं डलरको सम्झौता गरेको समाचार बाहिर आएको थियो।

टेस्लाको फुल सेल्फ-ड्राइभिङ (एफएसडी) कार्यक्रमले यसको न्यूरल नेटहरूका लागि तस्बिरहरु प्राप्त गर्न क्यामराहरूमा निर्भर गर्दछ।

धेरै अन्य स्व-ड्राइभिङ कार्यक्रमहरूको विपरीत, अटोमेकरले राडार र लाइडर प्रयोग गर्दैन।

अहिले टेस्ला क्यामराहरूमा निर्भर छ, विशेष गरी यसको अटोपायलट सेन्सरहरूको हालको संस्करणमा आठ क्यामराहरूको सूइट रहेको छ।

यसअघिको कोरिया इकोनोमिक डेलीको एक रिपोर्टमा सामसङले टेस्लालाई नयाँ क्यामराहरू आपूर्ति गर्न ४ ट्रिलियन वन र ५ ट्रिलियन वोन (३.२ अर्ब डलरदेखि ४ अर्ब डलर) को बीचको सम्झौता गरेको उल्लेख थियो।

प्रकाशित: २५ असार २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार