बुद्धभूमि नगरपालिकाका सबै विद्यालयमा कम्प्युटरको पहुँच

  • Technology Khabar | २५ असार २०७९, शनिबार
बुद्धभूमि नगरपालिकाका सबै विद्यालयमा कम्प्युटरको पहुँच

काठमाडौं ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका सबै विद्यालयमा कम्प्युटरको पहुँच भएको छ । नगरपालिकाले मुख्यमन्त्री शिक्षा सुधार कार्यक्रमअन्तर्गत ३४ विद्यालयमा कम्प्युटर हस्तान्तरण गरेपछि सबै विद्यालय पहुँच भएको छ।

विद्यालयको प्रशासनिक काम कम्प्युटरकृतका लागि कम्प्युटर प्रदान गरेको नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले बताए । आगामी आर्थिक वर्षमा माध्यमिक तहका सबै शिक्षकलाई ल्यापटप वितरण गर्ने योजना रहेको नगरप्रमुख श्रेष्ठले बताए ।

पालिकाभित्रका ५९ विद्यालय कम्प्युटरको दायरामा आएको नगर उपप्रमुख मीरा थारूले बताईन् । हस्तान्तरण गरेको कम्प्युटरलाई प्रयोगमा ल्याई सबै शिक्षकलाई सीप सिकाउन उपप्रमुख थारूले अनुरोध गरिन् ।

पालिकाले शिक्षाको सुधारका लागि थप योजना बनाउने प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदीले बताए। विद्यालयलाई कम्प्युटर सेट, प्रिन्टर हस्तान्तरण गरिएको थियो।

प्रति विद्यालय ७० हजार रुपियाँ बराबरका सामग्री सहयोग गरिएको शिक्षा शाखा प्रमुख कृष्ण भट्टराईले बताए।

नगरपालिकाको सहयोगपछि विद्यालयमा पहिलो पटक कम्प्युटरको पहुँच भएको रामेश्वर आधारभूत विद्यालयका शिक्षक अपिल पोखरेलले बताए। गोरखापत्रबाट

प्रकाशित: २५ असार २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार