
काठमाडौं ।
धेरै फिनटेक कम्पनीहरूले चिनियाँ लगानीमा भारतमा आफ्नो व्यापार फैलाएका छन्। यसमा लगानी गरिएको सबै पैसा चीनबाट आउँछ र यसले भारतमा आफ्नो जड बलियो गरिरहेको भारतीय नियमनकारी निकायले जनाएको छ।
भारतीय मिडियाहरुकाअनुसार भारतको प्रवर्तन निर्देशनालय (ईडी) को दावीमा धेरै फिनटेक कम्पनीहरू र घरेलु गैर-बैंकिङ वित्तीय कम्पनीहरू (एनबीएफसी) ले ९४० करोड भारतीय रुपैयाँको कालो धन कमाएको दाबी गरेको छ। यी कम्पनीहरूले देशमा सञ्चालन गर्दा रिजर्व बैंक अफ इण्डिया(आरबीआई)को दिशानिर्देश उल्लङ्घन गरी ऋण दिएर देशका जनतालाई लुटिरहेको आरोप लगाईएको छ।
सम्पत्ति शुद्धीकरण मुद्दाको छानबिन
यी कम्पनीहरूले हङकङमा बसेका केही चिनियाँ, ठूला व्यापारीहरूको निर्देशनमा काम गरिरहेका ईडीले दावी गरेको छ। ईडीले मनी लान्ड्रिंग प्रकरणको अनुसन्धानमा पत्ता लगाएअनुसार उनीहरूले एनबीएफसीसँग सम्झौता गरेका थिए। उनीहरु अवैधरुपमा तत्काल ऋण दिने व्यवसायमा लागेका हुन् ।
भर्खरै ईडीले ८६.६५ करोड रुपैयाँ अट्याच गरेको बताईएको छ। यो रकम कुल १५५ बैंक तथा कुडोस फाइनान्स, एस मनी इण्डिया लि., राइनो फाइनान्स प्रा. लि. र पायोनियर फाइनान्सियल एण्ड म्यानेजमेन्ट सर्भिसेज प्रा. लि. जस्ता फिनटेक कम्पनीहरूको भुक्तानी गेटवेहरूमा फेला परेको रिपोर्टमा उल्लेख छ। सम्पत्ति शुद्धीकरण संरक्षण ऐनको फौजदारी दफा अन्तर्गत उक्त रकम जफत गर्ने अन्तिम आदेश जारी गरिएको हो ।
निष्क्रिय कम्पनीहरुसंग सम्झौता
यी एनबीएफसीहरूले ७ देखि ३० दिनको अवधिको लागि व्यक्तिगत ऋण प्रस्ताव गर्छन्। फिनटेक कम्पनीहरूले मानिसहरूलाई ऋण दिन भारतमा निष्क्रिय वा संचालनमा नरहेका कम्पनीहरूसँग गठबन्धन गर्छन्। जसले गर्दा उनीहरुको लाइसेन्स सुरक्षित हुन्छ। यी फिनटेक कम्पनीहरूले भारतीय रिजर्व बैंकबाट एनबीएफसीहरूको लागि नयाँ इजाजतपत्र प्राप्त गर्न सक्षम नभएको भारतीय नियमनकारी निकायले पत्ता लगाएको छ।
ईडीले अहिलेसम्म कुल १५८.९७ करोड भारु जफत गरेको उल्लेख छ।
प्रकाशित: २४ असार २०७९, शुक्रबार