
काठमाडौं ।
टेस्लाले उत्तर अमेरिकामा खुला सुपरचार्जर नेटवर्कमा काम गरिरहेको छ।
पहिलोपटक सुपरचार्जर स्टेशन नेटवर्क शुरु गर्दा अन्य ब्राण्डका गाडीहरुका लागि नसोचिएकामा अब भने सबै खाले विद्युतीय गाडीलाई मिल्ने गरी सुपरचार्जर नेटवर्क निर्माण भइरहेको ह्वाइट हाउसले जनाएको छ।
त्यतिबेला अन्य धेरै कम्पनीले विद्युतीय गाडी निर्माणमा हात नहालेकामा हाल आएर उक्त प्रवृत्तिमा परिवर्तन आएकाले टेस्लाले आफ्ना विद्यमान चार्जर नेटवर्क अन्य कम्पनीलाई पनि मिल्नेगरी बनाउनुपर्ने बाध्यता आइपरेको हो।
२०२१ मा टेस्लाका सीईओ इलन मस्कले यसअघि यूरोपका १३ देशमा उपलब्ध कम्पनीको ओपन-एक्सेस सुपरचार्जर पाइलट प्रोग्राम अमेरिकामा पनि लागू गर्ने बताएका थिए।
हालै ह्वाइट हाउस फ्याक्ट शीट नामक आधिकारिक दस्तावेजमा यो सेवा यसै वर्षको अन्त्यसम्म अमेरिकामा शुरु भइसक्ने उल्लेख गरिएको इन्ग्याजेटले जनाएको छ।
प्रकाशित: २४ असार २०७९, शुक्रबार