
काठमाडौं ।
उबर टेक्नोलोजीज इंकले इजरायलमा इजाजतपत्र प्राप्त ट्याक्सीहरूको राष्ट्रव्यापी सञ्जालमा जडान गरेर आफ्नो राइड-हेलिङ र प्लेटफर्म सुरु गर्दैछ।
कम्पनीले विश्वव्यापी रूपमा सेवा विस्तार गर्ने उद्देश्यअनुसार इजरायलमा सेवा बिस्तार गरेको हो।
स्वतन्त्र र कम्पनीहरूका लागि काम गर्ने हजारौं ट्याक्सी चालकहरू पहिले नै सामेल भइसकेका छन्, सेवामा राइड साझेदारी पनि समावेश छ जुन मुख्य रूपमा इजरायलका दुई ठूला शहरहरू, जेरुसेलम र तेल अभिभमा यात्रुहरूका लागि उपलब्ध भएको उबरले बताएको छ।
विश्वका ७० भन्दा बढी देश र १०,००० सहरहरूमा सेवा सञ्चालन गर्ने उबरले स्थानीय रूपमा गेट र याङ्गो जस्ता सेवाहरूसँग प्रतिस्पर्धा गर्ने रोयटर्सले उल्लेख गरेको छ।
उबरले इजरायलमा सञ्चालन गर्ने अघिल्लो प्रयासलाई २०१७ मा एक अदालतले रोकेको थियो। इजरायलको यातायात मन्त्रालय, ट्याक्सी चालक युनियन र प्रतिद्वन्द्वी राइड-हेलिङ कम्पनीले अमेरिकी कम्पनीले उचित व्यापार इजाजतपत्र नभएका चालकहरू र बीमा प्रयोग गरेको गुनासो गरेपछि निषेधाज्ञा जितेका थिए।
सो सहकार्य यसअघि इटाली स्पेन जर्मनी टर्कीलगायतका देशहरुमा भएजस्तै हुने बताईएको छ।
प्रकाशित: २४ असार २०७९, शुक्रबार