
काठमाडौं ।
विश्वभर जिमेल, युटुयुब, ट्विटर तथा इन्स्टाग्रामलगायतका सेवाहरुमा समस्या आएको छ ।
हाल डाउनडिटेक्टरले प्रमुख वेबसाइटहरु तथा सामाजिक संजालहरु सहितका सेवाहरुमा समस्या आएको देखाएको छ। पछिल्लो २४ घण्टामा जिमेल युट्युब, फेसबुक, नेटफ्लिक्समा समेत समस्या आएको बताएको छ ।
अहिले भने नेपालसहितका कयौं देशहरुमा इन्स्टाग्राम ट्विटरलगायतमा समस्या देखिने वा डाउन भएका छन्। यसमा विशेषगरी वेबसाइटमा लगइन नहुने रिफ्रेश नहुने वा साइट नै नचल्ने समस्या आएको बताईएको छ।
यस बाहेक अमेरिकी क्यारियरहरु टी मोबाइल र भेरिजोनसहित वेल्सफार्गो कम्पनीका वेबसाइटहरु समेत डाउन भएका छन् । के कारणले समस्या आएको भन्ने थाहा हुन सकेको छैन्।
प्रकाशित: २२ असार २०७९, बुधबार