
काठमाडौं ।
चिनियाँ कम्पनी किङ्ग लङ्गका विद्यूतीय माईक्रोबस नेपाली बजारमा भित्रिएको छ। श्री ईको भिजनरी प्रालिले किङ्ग लङ्गका विद्यूतीय माईक्रो बस भित्र्याएको हो।
काठमाडौंमा बुधबार कम्पनीले किङ्ग लङ्गको विद्यूतीय माईक्रोबस ‘किङ्गविन एक्सएमक्यु६५२०ईभी’ सार्वजनिक गरेको हो।
किङ्गविन एक्सएमक्यु६५२०ईभी १४ सिट क्षमताको माईक्रोबस हो। यो माइक्रोबसको डिजाइन आकर्षक हुनुका साथै उत्कृष्ट फिचर र नविनतम प्रविधिको बेजोड मिश्रण रहेको कम्पनीको दावी छ।
शहरी यातायात र भित्री शहरी यातायातका लागि किङ्गविन उपयोगि हुने बताइएको छ।
माईक्रोबसमा ५० किलोवाट आवरको ब्याट्री जडान गरिएको छ। यसमा रहेको ८० किलोवाटको मोटरले २८० न्युटनमिटर टर्क उत्पादन गर्छ। एक पटकको फुल चार्जमा २५० किलोमिटर चलाउन सकिने यो माईक्रो बस फाष्ट चार्जिङ्गका माध्यमबाट एक घण्टामा ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।
पर्यटक बस, स्कुल वस, कार्यालयका कर्मचारीहरूको सटलको रूपमा प्रयोग गर्न, विमानस्थल भित्र यात्रुको आवगमनमा प्रयोग गर्न होस् या सार्बजनिक यात्रुबाहक बसको रूपमा संचालन गर्नहोस् सबै अवस्थामा किङ्गविन पूर्ण उपयोगी छ।
आजको इन्धन मूल्यमा साधारण १४ सिटे ग्यासोलिन इन्जिन भएको माईक्रोबसको प्रति किलोमिटर लागत २५ रूपैंया पर्ने अवस्थाको विपरीत यस विद्युतीय माईक्रोबसको प्रतिकिलोमिटर लागत पच्चिस पैसाको हाराहारीमा मात्र पर्न आउने तथ्य यहाँ भूल्नै हुँदैन ।
विद्युतीय सवारी साधनको प्रयोगले देशबाट इन्धन आयातका लागि वाहिरिने मूद्रा बचत गर्नुका साथै फोसिल फ्युलको प्रयोगबाट हुने वायु प्रदुषण नियन्त्रणमा समेत प्रभावकरी भूमिका खेल्छ।
चिटिक्क परेको डिजाईन, लोडेड फिचरहरू, प्रतिस्पर्धी मूल्य, बलियो र टिकाउ, किफायती संचालन खर्च, प्रदुषण नियन्त्रणमा सहयोगीलगायत विशेषताले सुसज्जित यो र यस्ता विद्युतीय माईक्रोबसको प्रयोगले देशको आर्थिक तथा पर्यावरणीय विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई नेपाली बजारमा भित्र्र्याईएको ईको भिजनरी प्रालिका अध्यक्ष उमेश श्रेष्ठले बताए।
प्रकाशित: २२ असार २०७९, बुधबार