
काठमाडौं ।
साझा यातायातले सार्वजिनक यातायातका लागि विद्युतीय बस सञ्चालन गर्न चालक र सह-चालक दुवै महिला राख्ने भएको छ।
महिलाहरूलाई प्राथमिकता दिने हाल उदेश्यले तालिम सञ्चालन गरिरहेको साझाले जनाएको छ।
हाल ४ जना महिला चालक र ५ जना महिला सह-चालकलाई विद्युतीय बसको कार्यक्षमता र सुरक्षा प्रोटोकलबारे तालिम दिई रहेको साझाले ट्विटरमार्फत जानकारी दिएको छ।
हाम्रो नयाँ विद्युतीय बस सञ्चालनका लागि महिला चालक र सहचालकहरुलाई प्राथमिकता दिने योजना छ । हाल ४ जना महिला चालक र ५ जना महिला सह-चालकलाई विद्युतीय बसको कार्यक्षमता र सुरक्षा प्रोटोकलबारे तालिम दिई रहेका छौँ ।#electricbus #drivingtraining
Picture Credit: @BhushanTuladhar pic.twitter.com/twKPhFTPgV— Sajha Yatayat (@SajhaYatayat) July 6, 2022
प्रकाशित: २२ असार २०७९, बुधबार