मेटाद्वारा साइट क्लोन गरी साढे ३ लाख इन्स्टाग्राम प्रोफाइल बिगार्नेविरुद्ध मुद्दा

  • Technology Khabar | २२ असार २०७९, बुधबार
मेटाद्वारा साइट क्लोन गरी साढे ३ लाख इन्स्टाग्राम प्रोफाइल बिगार्नेविरुद्ध मुद्दा

काठमाडौं ।

मेटाले डाटा तोडमोड गर्ने एउटा संस्था र एक व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ।

कम्पनीले गत मंगलबार अक्टोपस नामक कम्पनी तथा एक्रेम एटेस नामक व्यक्तिविरुद्ध मुद्दा दायर गरेको हो।

मेटाका अनुसार अक्टोपस नामक संस्था चिनियाँ बहुराष्ट्रिय प्रविधि संस्थाको अमेरिकी सहायक कम्पनी हो जसले कम्पनी र व्यक्तिहरुलाई डाटा स्क्र्यापको सेवा उपलब्ध गराउँदै आएको छ।

यसबाहेक अक्टोपसले व्यक्तिहरुलाई आफ्नै तथ्याङ्क संकलन अभियान चलाउन सहयोग गर्ने सफ्टवेयर पनि बिक्री गर्ने गर्दछ।

मेटाका अनुसार यो कार्यक्रमले यूजरका फेसबुक तथा इन्स्टाग्राम एकाउन्ट तोडमोड गरी ती यूजरको डाटा नष्ट गर्नुअघि आधिकारिक जानकारी अक्टोपसलाई उपलब्ध गराउँछ।

उक्त सफ्टवेयरले अक्टोपस ग्राहकसँग जोडिएका फेसबुक तथा इन्स्टाग्राम कन्ट्याक्टका फोन नम्बर, जन्म मिति तथा अन्य व्यक्तिगत जानकारी प्राप्त गर्ने इन्ग्याजेटले उल्लेख गरेको छ।

मेटाले अक्टोपसलाई यस्तो अटोमेटेड डाटा स्क्र्याप सुविधा उपलब्ध गराएर आफ्ना सेवाका शर्तहरु तथा डिजिटल मिलेनियम कपिराइट एक्टको उल्लङ्घन गरेको आरोप लगाएको छ।

प्रकाशित: २२ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार