
काठमाडौं ।
ट्विटरले भारत सरकारले दिएको ट्वीट हटाउने आदेशलाई कानूनी चुनौती दिएको छ।
सोसल मिडिया जायन्ट ट्विटरले कर्नाटक राज्यको उच्च अदालतमा भारत सरकारले हटाउन आदेश दिएका थुप्रै ट्विटका बारेमा पुनरावेदन गरेको बीबीसीले उल्लेख गरेको छ।
ट्विटरका भारतमा मात्र अनुमानित २ करोड ४० लाख प्रयोगकर्ता रहेका छन्। उक्त पुनरावेदन दर्ता भएको केही घण्टापछि संघीय मन्त्री राजीव चन्द्रशेखरले सबै विदेशी इन्टरनेट प्लेटफर्महरु भारतीय कानून अन्तर्गत चल्नुपर्ने ट्वीट गरेका थिए।
In India,all incldng foreign Internet intermediaries/platforms have right to court n judicial review.
But equally ALL intermediary/platforms operating here,have unambiguous obligation to comply with our laws n rules. #Open #SafeTrusted #Accountable #Internet
— Rajeev Chandrasekhar ???????? (@RajeevRC_X) July 5, 2022
उक्त मामिलासँग सम्बद्ध स्रोतले सरकारले ट्विटरलाई गत जुन महिनामा भारतीय कानून अनुरुप चल्न अन्तिम अवसर दिएको र अन्य केहीलाई ब्लक गरेको बताएका छन्।
प्रकाशित: २२ असार २०७९, बुधबार