
काठमाडौं ।
आधा शताब्दीमा पहिलो पटक मानिसलाई चन्द्रमामा लैजाने नासाको महान् योजनाले अर्को कदम अगाडि बढाएको छ। यसको लागि तयार पारिएको ५५ पाउण्डको ‘क्यापस्टोन’ (सिस्लुनार अटोनोमस पोजिसनिङ सिस्टम टेक्नोलोजी अपरेसन एण्ड नेभिगेसन एक्सपेरिमेन्ट) क्युबस्याट पृथ्वीको कक्षबाट मुक्त भई चन्द्रमाको बाटोमा पुगेको छ।
रकेट ल्याबले गत हप्ता न्यूजील्याण्डबाट इलेक्ट्रोन रकेटमा ‘क्यापस्टोन’ प्रक्षेपण गर्यो। पर्याप्त गति बनाउनका लागि ६ दिनको परिक्रमाबाट उर्जा लिएसँगै पाथफाइन्डिङ क्युबस्याट चन्द्रमा तर्फ प्रस्थान गर्यो। यद्यपि यो अपेक्षाकृत ढिलो यात्रा हुनेछ र क्यापस्टोन नोभेम्बर सम्म चन्द्रमा पुग्न सक्दैन।
नासाले क्यापस्टोनलाई चन्द्रमाको वरिपरि नियर रेक्टलाइनियर हेलो अर्बिटमा राख्ने प्रयास गर्नेछ, जुन यसअघि कहिल्यै प्रयास गरिएको थिएन।
एजेन्सीले गेटवे स्पेस स्टेशनको लागि समान कक्ष प्रयोग गर्ने योजना बनाएको छ, जसले आर्टेमिस कार्यक्रम अन्तर्गत दीर्घकालीनरुपमा चन्द्र अभियानहरूको लागि समर्थन प्रदान गर्दछ। सो केन्द्रमा अन्तरिक्ष यात्रीहरूको लागि बस्ने कोठा र प्रयोगशाला हुनेछ। त्यो मिसन कम्तिमा २०२४ सम्म सुरु हुनेछैन।
यसैबीच, नासाले आर्टिमिस १ मिशनको लागि अगस्त २३ र सेप्टेम्बर ६ बीचको प्रक्षेपण विन्डोलाई लक्षित गरेको छ। यसले चन्द्रमाको वरिपरि एउटा अनक्र्यु मोड्युल पठाउने छ र यात्राले मानव शरीरलाई कसरी असर गर्न सक्छ भन्ने अध्ययन गर्नेछ।
एजेन्सीले जुनमा आर्टेमिस १ को लागि सफल वेट लन्चिङ्ग रिहलर्सलमा इन्धन परीक्षण चलाएको थियो।
प्रकाशित: २२ असार २०७९, बुधबार