पछिल्लो दशकमा चीनको डिजिटल अर्थतन्त्र चार गुणाले बढ्यो: रिपोर्ट

  • Technology Khabar | २२ असार २०७९, बुधबार
पछिल्लो दशकमा चीनको डिजिटल अर्थतन्त्र चार गुणाले बढ्यो: रिपोर्ट

काठमाडौं ।

चीनको डिजिटल अर्थतन्त्र विगत केही वर्षमा निकै तीव्र गतिमा वृद्धि भएको छ।

आधिकारिक आँकडा अनुसार२०१२ मा १.६५ ट्रिलियन डलर रहेकामा २०२१ मा आउँदा ४५ ट्रिलियन डलर पुगेको सिन्ह्वाले उल्लेख गरेको छ।

चीनले डिजिटल पूर्वाधार निर्माणको काम तीव्र रुपले अगाडि बढाइरहेको छ।

मे महिनाको अन्त्यसम्ममा चीनले प्राविधिक रुपले विश्वकै सबैभन्दा ठूलो अत्याधुनिक नेटवर्क फ्यासिलिटी बनाएको छ जस अन्तर्गत गभर्नर स्तरका शहरलाई फाइबर अप्टिक नेटवर्कले जोडेर १७ लाख फाइभजी बेस स्टेशन निर्माण गरिसकेको छ।

चीनले उर्जा, स्वास्थ्य, यातायात, शिक्षा तथा कृषिका क्षेत्रमा ठूला डाटा इन्टिग्रेशन, क्लाउड कम्प्युटिङ तथा आर्टिफिसियल इन्टेलिजेन्समा पनि निकै छलाङ मारेको छ।

२०२१ मा मुख्य इलेक्ट्रोनिक सूचना निर्माताहरुको मूल्य अभिवृद्धि आउटपुट वार्षिक हिसाबले १५.७ प्रतिशत ले वृद्धि भएको पाइएको छ।

यस्तै सफ्टवेयर तथा सूचना प्रविधि सेवा तथा इन्टरनेट सम्बद्ध सेवाको आम्दानी पनि दुई अंकले वृद्धि भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २२ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...