एक्सलट्रिपको नाम अबदेखि ‘जाम्न’, सस्तोमा होटल र फ्लाइट टिकट बुकिङ गर्न सकिने

  • Technology Khabar | २१ असार २०७९, मंगलवार
एक्सलट्रिपको नाम अबदेखि ‘जाम्न’, सस्तोमा होटल र फ्लाइट टिकट बुकिङ गर्न सकिने

काठमाडौं ।

नेपालको पहिलो ओटिए (अनलाईन ट्राभल एग्रिगेटर) प्लेटफर्म एक्सलट्रिपको नाम परिवर्तन गरि ‘जाम्न’(Jaamna) बनाइएको छ।

नेपालीहरूको मुखमा सहजै झुन्डिने शब्द चयन गर्ने क्रममा नाम परिवर्तन गरिएको कम्पनीका संस्थापक सिइओ ज्ञानेन्द्र खड्काले बताए ।

जाम्नको मोबाइल एप र अफिसियल वेबसाइटबाट नेपालको ५ वटै डोमेस्टिक एयरलाइन्स र एक हजार पाँच सयभन्दा बढी होटल बुक गर्न सकिन्छ ।

नेपालकै सम्पूर्ण डिजिटल पेमेन्ट (ई–सेवा, फोन पे, खल्ती) लगायत बैंकहरूको मोबाइल बैंकिङ एप र सम्पूर्ण स्वदेशी एवं विदेशी बैंकका कार्ड प्रयोग गरी नेपालभित्र होटल र एयरलाइन्स बुक गर्न सकिन्छ। साथै अनलाईन मार्फत रकम भुक्तानी गर्न नचाहने ग्राहकले एपमा ‘पे एट होटल’को अप्सन छनौट गरि सिधै होटलमै रकम भुक्तानी गर्न मिल्नेछ ।

यस्तै, जाम्न प्रयोगकर्ताले प्रत्यक होटल बुकिङ पश्चात ‘जीक्यास’ प्राप्त गर्नेछन्। सो जीक्यास प्रयोग गरी उनीहरूले अन्य होटल बुकिङ, फ्लाईट बुकिङ र फ्रि होलिडेका लागि रिडिम गर्न मिल्ने व्यवस्था गरिएको छ ।

कम्पनीकाअनुसार जाम्नले जुलाई महिना भरीका लागि ‘जाम्न ५०० अफर समेत ल्याएको छ। जस अन्तर्गत प्रयोगकर्ताले जाम्न मार्फत होटल बुकिङ लगायत अन्य कारोबारमा गर्दा ‘जाम्न ५००’ प्रयोग गरि ५ सय रुपैयाँको भौचर रिडिम गर्न मिल्ने व्यवस्था गरिएको छ।

साथै जाम्नले नेपालमा रहेका साना अपार्टमेन्ट र होटल र होमस्टे पनि आफ्नो लिस्टमा समावेश गरेको छ । जसबाट सस्तो रुम लिन चाहने ग्राहकले पनि जाम्नबाट होटल बुकिङ गर्न सक्ने बताइएको छ।

प्रकाशित: २१ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार