यूट्युब सामग्रीमा अश्लील शीर्षक राख्दै हुनुहुन्छ? पक्राउ परिएला!

  • Technology Khabar | २१ असार २०७९, मंगलवार
यूट्युब सामग्रीमा अश्लील शीर्षक राख्दै हुनुहुन्छ? पक्राउ परिएला!

काठमाडौं ।

यूट्युब च्यानलमा अश्लील शीर्षक राखेर सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी-७ महादेवफाँट घर भई हाल काठमाडौं महानगरपालिका-६ बौद्ध तीनचुले बस्ने २२ वर्षीय प्रवेश लामा रहेका छन्।

प्रहरीका अनुसार ४ रियल टीभी नामक यूट्युब च्यानल सञ्चालन गरी त्यसमार्फत् अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने किसिमका भिडियो बनाएर यूट्युबलगायत सामाजिक सञ्जालमा राख्ने गरेका थिए।

पक्राउ परेका लामालाई गत असार २० गते पक्राउ गरी ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ।

प्रकाशित: २१ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार