हामीले चन्द्रमा हत्याउन लागेको नासाको आरोप गलत: चीन

  • Technology Khabar | २१ असार २०७९, मंगलवार
हामीले चन्द्रमा हत्याउन लागेको नासाको आरोप गलत: चीन

काठमाडौं ।

चीनले नासाद्वारा आफूमाथि लगाइएको चन्द्रमा हत्याउन लागेको आरोप अस्विकार गरेको छ।

नासाले केही समयअघि चीनलाई उसको सैन्य मिसन अन्तर्गत बाहिरी अन्तरिक्षमा समुदाय बनाउने बहानामा चन्द्रमा नै हत्याउन लागेको आरोप लगाएको थियो।

चीनले अघिल्लो दशकबाट नै चन्द्रमालाई केन्द्रमा राख्दै अन्तरिक्ष कार्यक्रमलाई तीव्र गतिमा अगाडि बढाउँदै आइरहेको छ।

चीनले आफ्नो पहिलो मानवरहित यान चन्द्रमामा उतार्न २०१३ मा थियो भने हाल आएर यो दशकको अन्त्यसम्ममा चन्द्रमामा अन्तरिक्षयात्री पठाउन आवश्यक शक्तिशाली रकेट प्रक्षेपण गर्ने अपेक्षा गरिरहेको छ।

‘चीन चन्द्रमामा अवतरण गरेर ‘यो हाम्रो हो, अब तिमीहरु बाहिरै बस’ भनिरहेकोमा हामी चिन्तित हुनु पर्दछ’, नासाका प्रशासक बिल नेल्सनले जर्मन समाचारपत्र बिल्डलाई अन्तरवार्तामा भने।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका प्रमुखले चीनको अन्तरिक्ष कार्यक्रम सैन्य कार्यक्रम अन्तर्गतको रहेको र उसले यो अवधारणा अरुहरुबाट चोरेको आरोप पनि लगाएका रोयटर्सले उल्लेख गरेको छ।

‘नासाका प्रमुखले चीनलाई बेवास्ता गर्दै चीनका बारेमा अनुत्तरदायी ढंगले बोलेको यो पहिलो पटक होइन’, चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्ता झाओ लिजियनले भने।

प्रकाशित: २१ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...