सामसङले मेक्सिकोमा ५० करोड डलर लगानी गर्ने

  • Technology Khabar | २१ असार २०७९, मंगलवार
सामसङले मेक्सिकोमा ५० करोड डलर लगानी गर्ने

काठमाडौं ।

सामसङ इलेक्ट्रोनिक्सले मेक्सिकोमा ५० करोड डलर लगानी गर्ने भएको छ।

मेक्सिकोका विदेश मन्त्री मार्सेलो एब्रार्डले सोमबार बताए अनुसार सामसङले होम एप्लायन्स उत्पादनका लागि उक्त रकम लगानी गर्ने भएको हो।

एब्रार्डले उक्त लगानी मध्य मेक्सिकोको उत्तरतर्फका टिजुआना र क्वेरेटारो  शहरमा लगानी गर्ने ट्विटरमा उल्लेख गरेका छन्। उनले आफूले यसका लागि सामसङका सीईओ हान जोङ-हीसँग भेट गरेको पनि बताएका छन्।

प्रकाशित: २१ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार