सीसी क्यामरा जडान नहुँदा समस्या

  • Technology Khabar | २१ असार २०७९, मंगलवार
सीसी क्यामरा जडान नहुँदा समस्या
सांकेतिक तस्बिर

काठमाडौं ।

रामेछाप जिल्लाकै दोस्रो ठूलो बजार रामेछाप बजारमा सीसी क्यामरा जडान नहुँदा चोरीलगायतका घटना बढ्दै गएको छ।

रामेछाप बजारमा सीसी क्यामरा जडान नहुँदा चोरीलगायतका घटनामा संलग्न भएकाको पहिचान गर्न समस्या हुने गरेको प्रहरी र स्थानीयवासीको गुनासो छ।

रामेछाप नगरपालिका–८ का लेखबहादुर विकले बजार क्षेत्रको सुरक्षाका लागि सीसी क्यामरा जडान आवश्यक रहेको बताए।

बजारमा चोरी तथा डकैतीका घटना हुँदा घटनामा संलग्न व्यक्ति पत्ता लगाउन सीसी क्यामरा नहुँदा निकै समस्या भएको प्रहरी चौकी रामेछाप डाँडाका असई दिनेशप्रसाद चौलागाईंले बताए।

“पछिल्लो समय धेरैठाउँमा रातको समयमा चोरीका घटना हुने गरेका छन्, रामेछाप बजारमा सीसी क्यामरा भइदिए बजारको सुरक्षा र निगरानी गर्न धेरै सहज हुने थियो,” उनले भने। गोरखापत्रबाट

प्रकाशित: २१ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार