लैङ्गिक विविधतामा आधारित एनएफटी श्रृंखला जारी गर्दै कोका-कोला

  • Technology Khabar | २१ असार २०७९, मंगलवार
लैङ्गिक विविधतामा आधारित एनएफटी श्रृंखला जारी गर्दै कोका-कोला

काठमाडौं ।

ग्लोबल बेभरेज कम्पनी कोका-कोलाले लैङ्गिक विविधतासँग जोडिएको नन फन्जिबल टोकन (एनएफटी) शृङ्खला लन्च गर्ने घोषणा गरेको छ। डिजिटल संग्रहणीयको यो शृङ्खला दक्षिण अफ्रिकी डिजाइनर मिनिसीसँगको सहकार्यमा डिजाइन गरिएको हो। यसमा कुल १३६ टुक्रा हुने बताईएको छ।

यस परियोजनाले ब्लकचेन ‘पोलिगन’बाट समर्थन पाइरहेको छ। यस शृङ्खलाका प्रत्येक एनएफटीमा इन्द्रेणी जस्तो रंगहरू भएको कोका-कोलाको बोतल फिचर हुनेछ।

यी एनएफटीहरू हालै सोशल मिडियामा देखाइएका छन्। यी पोलिगन (म्याटिक) क्रिप्टोकरेन्सीका साथ किन्न सकिन्छ। आजभोली प्रत्येक पोलिगनको लागत लगभग ०.५० डलर रहेको छ। यस शृङ्खलाको बिक्रीबाट प्राप्त रकम मिनिसीद्वारा चयन गरिएको एलजीबीटीक्यू प्लस परोपकारी संस्था ‘आउट’ लाई दान गरिनेछ।

कोका-कोलाले यो वर्ष आफ्नो व्यवसायमा १३६ औं वर्ष मनाईरहेको छ। कम्पनीले एक ब्लग पोस्टमा भन्यो, “कोका-कोलाले आफ्नो १३६ वर्षको उपस्थितिमा मानिसहरूलाई कनेक्सनको क्षणहरू मार्फत जोडेको छ। हामी कोका-कोलाबाट यो एनएफटी श्रृंखला जारी गर्न पाउँदा उत्साहित छौं। यो डिजिटल संग्रहणीयहरूको यस्तो श्रृंखला हो जसले कम्युनिटी सदस्यहरूको लागि सामुदायिक दृश्यता बढ्नेछ र तिनीहरू अगाडि बढ्न मद्दत गर्नेछ।”

एनएफटीहरुमा ब्लकचेन टेक्नोलोजी प्रयोग गरेर, अद्वितीय वस्तुहरूको टोकन प्रमाणीकरण गरिन्छ जुन पुन: उत्पादन योग्य डिजिटल सम्पत्तिहरूसँग जोडिएको छ। यसमा कला, संगीत, इन-गेम वस्तुहरू र भिडियोहरू समावेश हुन सक्छन्। यी अनलाइन व्यापार गर्न सकिन्छ तर नक्कल गर्न सकिँदैन।

पछिल्लो समय विश्वभर एनएफटीमा आबद्ध हुने क्रम तिब्रगतिमा बढिरहेको छ।

प्रकाशित: २१ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार