मोबाइल फोनबाट डिलिट भएको फोटो यसरी सहजै रिकभर गर्नुहोस्

  • Technology Khabar | २१ असार २०७९, मंगलवार
मोबाइल फोनबाट डिलिट भएको फोटो यसरी सहजै रिकभर गर्नुहोस्

काठमाडौं ।

स्मार्टफोनको प्रयोग कुराकानी गर्नका लागि मात्र गरिँदैन। स्मार्टफोनको सहयोगबाट धेरै काम सहज रुपमा गर्न सकिन्छ। स्मार्टफोन फोटो तथा भिडियो खिच्नका पनि प्रयोग गरिन्छ। खिचिएका फोटो आवश्यकताका आधारमा डिलेट पनि गर्ने गरिन्छ। कहिले काँही गल्तीवस अत्यावश्यक फोटो डिलिट हुन पुग्छ।

एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताले फोटो डिलिट भयो भनेर चिन्ता लिनु पर्दैन। स्मार्टफोनमा सहजै रुपमा डिलिटेड फोटो रिकभर गर्न सकिन्छ।

यसरी गर्न सकिन्छ डिलिट भएको फोटो रिकभर

१. एन्ड्रोइड स्मार्टफोनको फोटो एप खोल्ने

२. फोटो एपको तल्लो भागमा लाइबेरी भन्ने देखिन्छ। लाइबेरीलाई टच गर्ने।

३. त्यस पछि माथिल्लो मागमा बिन/ट्रास/डिलिट भन्ने विकल्प देखिन्छ।

४. बिन/ट्रास/डिलिट मा टच गरेपछि डिलिट गरिएको फोटो देखिन्छ।

५. आफूलाई चाहिएको फोटोलाई टच गरेर रिस्टोर गर्न सकिन्छ।

प्रकाशित: २१ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार