
काठमाडौं ।
नेपाली बजारमा दाहुवाको अधिकारीक आयातकर्ता तथा बिक्रेता कम्पनी बिध म्यानेजमेन्टले नयाँ मोडल तथा अत्याधुनिक सीसीटिभीहरु हालै आयात गरेको छ।
कम्पनीले घर, अफिस, टोल बस्ती, स्कुल कलेज, सपिङ्ग मल, हाउजिङ्ग, अपार्टमेन्ट तथा हाईवेका लागी उपयुक्त हुने किसिमका अत्याधुनिक क्यामराहरु उपलब्ध गराउने छ।
नेपाली ग्राहकहरुको माग र रोजाईको आधारमा आयात गरिएका दाहुवाका उक्त क्यामरा उपयुक्त मात्रामा स्टकमा रहेको जानकारी गराउँदछौं ।
हाल आयात गरिएका सीसीटिभीहरुमा अहिले बजारमा उपलब्ध भईरहेका भन्दा आधुनिक सेडुयल एआई टेक्नोलोजीमा आधारित, स्मार्ट मोसन डिटेक्सन प्लस, फेस डिटेक्सन/रिक्कनाईजेसन, पेरिमिटर डिटेक्सन गर्ने, नाईट कलर फ्युजन टेक्नोजोली सहित आवाज रेकडिङ्ग गर्नसक्ने विशेष सुबिधाहरु रहेको छ।
त्यसैगरी मानिस तथा सवारी साधानको आवत जावत तथा चहलपहल मात्र रेकडिङ्ग गर्ने फोर के रियल टाईम फिचर भएको, हाईवेहरुमा उपयुक्त हुने पि टि जेड लगायतका अटो नम्बर प्लेट डिटेक्सन, यातायातका साधनका मोडल र रंग पत्ता लगाउने भेईकल मेटा डाटा, मानिसहरुले मास्क लगायता पनि अनुहार पत्ता लगाउने ह्युमन मेटा डाटा, तापक्रम पत्ता लगाउन सक्ने थर्मल क्यामराहरु आयात गरिएको सहर्ष जानकारी गराईन्छ।
ग्राहकहरुले माग गरेको अवस्थामा उनीहरुको आवश्यकता र सुबिधाअनुसारका दाहुवाको सीसी क्यामराहरु उपलब्ध गराईने कम्पनीले जनाएको छ।
प्रकाशित: २० असार २०७९, सोमबार