नूबिया रेड म्याजिक ७एस सिरिज जूलाई ११ मा सार्वजनिक हुने

  • Technology Khabar | २० असार २०७९, सोमबार
नूबिया रेड म्याजिक ७एस सिरिज जूलाई ११ मा सार्वजनिक हुने

काठमाडौं ।

जेडटीईले नूबिया रेड म्याजिक ७ एस सिरिज ल्याउने भएको छ। कम्पनीले आफ्नो टप टायर स्मार्टफोन रेड म्याजिक ७ सिरिजको अपग्रेडेट भर्सनको रुपमा ल्याउन लागेको हो।

जीएसएमएरिनाका अनुसार रेड म्याजिक ७ एस सिरिज जूलाई ११ मा सार्वजनिक गरिनेछ।

नूयिबा ७ एस सिरिज अन्तर्गत दुई स्मार्टफोन रेड म्याजिक ७ एस र रेड म्याजिक ७ एस प्रो हुनेछन्।

७ सिरिज र ७ एस सिरिजबीचको मुख्य भिन्नताको रुपमा चीप रहेको जीएसएमएरिनाले जनाएको छ। ७ सिरिज जस्तै ७ एसमा धेरै फिचर समान छन्। ७ एसममा ४५०० एमएएच ब्याट्री र ६४ मेगापिक्सलको क्यामरा हुनेछ।

७ एस प्रोमा ५००० एमएएचको ब्याट्री र ६.८ इन्चको ओएलईडी र १८ जीबीको र्याम र १ टीबी स्टोरेज हुनेछ।

प्रकाशित: २० असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार