
काठमाडौं ।
कर्णाली प्रदेश सभाका सांसद एवं एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहसहितको एक भिडियो टिकटकमार्फत भाइरल भएको छ। सल्यानबाट प्रदेश सांसद भएका शाहको पार्टीकै महिला नेतृसँग बनाएको टिकटक भिडियो सामाजिक संजालमा भाइरल भएको हो।
टिकटकमार्फत सार्वजनिक भएको ‘‘झिमझिम सानी नझिम्काऊ परेली भुतुक्कै हुन्छु म’ बोलको गीतमा बनाइएको सो टिकटक भिडियोमा शाह एक युवतीसँगै सुतिरहेका देखिन्छन्।
भिडियोमा उनी निदाइरहेका छन् तर एक युवतीले भने मुस्कुराउँदै गालामा हात राखेर हाउभाउ गरेकी देखिन्छ। उनीहरू एउटै ओछ्यानमा रहेको देखिन्छ।
एमाले सल्यानकी जिल्ला कमिटी सदस्य टिका वलीको टिकटक एकाउन्टबाट अपलोड गरिएको सो भिडियो भाइरल भएको बताईएको छ।हाल सो एकाउन्टबाट भिडियो डिलिट गरिएको छ तर यसले सामाजिक संजालमा चर्चा पाएको छ।
सो भिडियोलाई डाउनलोड गरेर विभिन्न व्यक्तिका म्यासेञ्जर र ग्रुप च्याटमा पठाउने काम भइरहेको छ।
उता शाहले भने आफूलाई जोडेर आएको भिडियो र समाचार प्रति ध्यानाकर्षण भएको बताएका छन्।
“केही अनलाईन र सामाजिक संजालमा मलाई जाेडेर आएकाे भिडियाे र समाचारप्रति मेराे ध्यानाकर्षण भएकाे छ। मेराे व्यक्तिगत चरित्र हत्या गर्ने उदेश्यले प्रविधिकाे दुरूपयाेग गरि नियाेजित षडयन्त्रले गरिएकाे यस प्रकारकाे तुच्छ र घुणित काम तत्काल राेक्न म सम्बन्धित पक्षलाई चेतावनी दिदै यस सम्बन्धमा कानुनी उपचारमा जाने व्यहाेरा जानकारी गराउँदछु।” उनले आफ्नो फेसबुकमा लेखेका छन्।

प्रकाशित: २० असार २०७९, सोमबार