हुम्लाका खोँचमा छैन टेलिकमको नेटवर्क

  • Technology Khabar | २० असार २०७९, सोमबार
हुम्लाका खोँचमा छैन टेलिकमको नेटवर्क
सांकेतिक तस्बिर

काठमाडौं ।

हुम्लामा सेवाग्राहीले फोन सम्पर्क गर्न नेटवर्क खोज्दै अग्लो डाँडामा जानुुपर्ने बाध्यता रहेको छ।

नेपाल टेलिकमको टावर अग्लो डाँडामा भए पनि होचा खोँचमा नेटवर्कले काम नगर्दा सेवाग्राही बाध्य भएर डाँडामा गएर फोन गर्नुपर्ने अवस्था आएको हो।

खार्पुनाथ गाउँपालिका–४, कर्णाली नदी आसपासको नल्नगाउँका बलिराज शाहीले सो क्षेत्रभरि नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा सेवाग्राहीले फोन गर्न परे अग्लो डाँडामा जानुपर्ने बाध्यता रहेको बताए।

यसरी यो गाउँका स्थानीय बासिन्दाले चार वर्षदेखि डाँडामा पुगेर फोन गर्दै आएका छन्। गोरखापत्रबाट

प्रकाशित: २० असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • २० असार २०७९, सोमबार