एउटा इलेक्ट्रिक कार बनाउँदा निस्किन्छ ४ हजार किलो घातक फोहर, ९ टन कार्बन

  • Technology Khabar | २० असार २०७९, सोमबार
एउटा इलेक्ट्रिक कार बनाउँदा निस्किन्छ ४ हजार किलो घातक फोहर, ९ टन कार्बन

काठमाडौं ।

सामान्य हिसाबले सोच्दा इलेक्ट्रिक कारले पेट्रोलबाट चल्ने कारको तुलनामा वातावरण प्रदूषण बढाउँदैन। तर के यो कार बनाउने प्रक्रिया पूर्ण रुपमा हरित हुन सक्छ?

इलेक्ट्रिक कारलाई हामी जति ईको-फ्रेन्डली अर्थात् वातावरणमैत्री सोच्छौं, वास्तवमा त्यस्तो हुँदैन।

सोसाइटी अफ रेयर अर्थका अनुसार एउटा इलेक्ट्रिक कार बनाउँदा प्रयोग हुने ५७ किलो कच्चा पदार्थ (८ किलो लिथियम, ३५ किलो निकल, १४ किलो कोबाल्ट) जमीनबाट निकाल्दा ४ हजार २७५ किलो एसिड फोहर तथा ५७ किलो रेडियोधर्मी अवशेष उत्सर्जन हुन्छ।

यसबाहेक विद्युतीय गाडी बनाउँदा ९ टन कार्बन निस्कासन हुन्छ जुन पेट्रोलमा हुने ५.६ टनको तुलनामा धेरै हो।

भारतमा ७० प्रतिशत बिजुली कोइलाबाट उत्पादन हुन्छ। हालै अस्ट्रेलियामा गरिएको एक अनुसन्धानले ३ हजार ३ सय टन लिथियम फोहरमध्ये २ प्रतिशतमात्र रिसाइकल हुन सक्ने र बाँकी ९८ प्रतिशतले प्रदूषण फैलाउने तथ्य पत्ता लागेको छ।

जमिनबाट लिथियम निकाल्दा वातावरण ३ गुणा प्रदूषित

एरिजोना यूनिभर्सिटीको इकोलोजी विभागका एमिरेट्स प्रोफेसर गाई मैक्फर्सनका अनुसार लिथियम विश्वकै सबैभन्दा हलुका धातु हो। यसले सजिलैसँग ‍इलेक्ट्रोन छोड्छ। यसै कारण यसलाई ईभीको ब्याट्रीमा सबैभन्दा धेरै प्रयोग गरिन्छ।

लिथियमलाई हरित इन्धनका रुपमा व्याख्या गरिन्छ तर यसलाई जमिनबाट निकाल्नाले वातावरण ३ गुणा बढी प्रदूषित हुन्छ। लिथियमलाई ९८.३ प्रतिशत ब्याट्रीमा प्रयोग गरेपछि खाडल खनेर गाडिन्छ र यो पानीको सम्पर्कमा आएपछि प्रतिक्रिया भएर आगलागी हुन्छ।

उनले अमेरिका उत्तरपूर्वी प्रशान्त क्षेत्रको को एउटा खाडलमा २०१७ जुनदेखि २०२० डिसेम्बरसम्म यस्ता गाडिएका ब्याट्रीबाट १२४ पटक आगलागी हुने घटना भएको बताएका भास्कर डटकमले उल्लेख गरेको छ।

प्रकाशित: २० असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • २० असार २०७९, सोमबार