क्रिप्टो कर्जादाता भोयजर डिजिटलले रोक्यो सबै प्रकारको कारोबार

  • Technology Khabar | २० असार २०७९, सोमबार
क्रिप्टो कर्जादाता भोयजर डिजिटलले रोक्यो सबै प्रकारको कारोबार

काठमाडौं ।

क्रिप्टो कर्जादाता भोयजर डिजिटलले शुक्रबारदेखि आफ्नो प्लेटफर्मबाट क्रिप्टो निकाल्ने, कारोबार गर्ने र निक्षेप गर्ने काम रोकेको छ।

सबै कारोबार रोकेर प्लेटफर्मले साख जोगाउन वैकल्पिक उपायहरुको खोजीमा लागिरहेको रोयटर्सले उल्लेख गरेको छ।

यो निर्णय कम्पनीले हेज फण्ड कम्पनी थ्री एरोज क्यापिटललाई ऋण चुक्ता नगरेको भन्दै पत्र काटेको केही दिनमा आएको हो।

एक विज्ञप्तिमा भोयजरका सीईओ स्टेफन अर्लिकले उक्त निर्णयले कम्पनीलाई आफ्नो साख जोगाउँदै थुप्रै इच्छुक साझेदारहरुसँग रणनैतिक विकल्पहरु खोज्नका लागि थप समय प्राप्त हुने बताएका छन्।

विज्ञप्तिमा भोयजरले मोएलिस एण्ड कम्पनी तथा कन्सेलो ग्रुपलाई वित्तीय सल्लाहकारका रुपमा नियुक्त गरेको पनि उल्लेख गरेको छ।

यस्तै रणनृतिक विकल्प पहिल्याउनका लागि कर्कल्याण्ड एन्ड एल्लिस एलएलपीलाई कानूनी सल्लाहकारका रुपमा लिएको छ।

क्रिप्टोको मूल्य बढेपछि ग्राहकको तरलताका लागि थप पुँजी प्राप्त गर्न गत जुन २२ मा भोयजरले आलामेडा भेञ्चर्स लिमिटेडसँग सम्झौतामा हस्ताक्षर गरेको थियो।

प्रकाशित: २० असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...